एसएसपी बढुवा हुँदै : १९ सिटका लागि यी हुन् दाबेदार

हाम्रो सन्देश संवाददाता

वैशाख,३ काठमाडौँ ।

नेपाल प्रहरीमा लामो समयदेखी रोकिएको बढुवा सुचारु गर्ने तयारी भएको छ । चैत्र २८ गते मात्र प्रहरीमा एसएसपीबाट डिआईजीको बढुवा सिफारीस भएको थियो । प्रहरी स्रोतले दिएको जानकारीअनुसार बिहिवारसम्म एसपीबाट एसएसपी बढुवा हुनेको टुंगो लगाउने तयारी छ । त्यसपछि डिएसपीबाट एसपी र इन्सपेक्टरबाट डिएसपीमा बढुवाको तयारी छ ।

प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले त्यसको तयारी गर्न कर्मचारी प्रशासन शाखालाई निर्देशन दिइसकेका छन् । एसएसपीको बढुवाको लागी भने गृहसचिव महेश्वर न्यौपाने नेतृत्वको बोर्डले तयारी गरिरहेको छ ।

प्रहरीमा एसपीबाट एसएसपीमा बढुवा हुन ४१ जना उम्मेदवारहरु दौडमा छन् । रिक्त १९ सिटमा बढुवाको तयारी भएको छ । बढुवाको लागी एसपीहरु विरेन्द्र वस्याल, भरत बोहरा, कुवेर कडायत, विकासराज खनाल, रविन्द्र केसी, विष्णु कुमार केसी, सुदिप गिरी, दुर्गा सिंह, किरण राणा, हृदय थापा, अशोक सिंह, चक्र बहादुर सिंह,केदार ढकाल,मुकेश सिंह,कृष्ण महत, अर्जुन चन्दलगायत छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।