अर्बपति कालोबजारीबाट यस्ता रहस्य खोल्दैछ प्रहरी : ५ वर्ष कैद हुन सक्ने

हाम्रो सन्देश संवाददाता

वैशाख,३ काठमाडौँ ।

महानगरीय प्रहरी अपराध महाशाखाले न्यायिक हिरासतमा रहेका व्यापारी सुलभ अग्रवालको विषयमा विशेष अनुसन्धान गरिरहेको छ । २५ चैत २०७६ मा पक्राउ परेका शंकर ग्रुपका निर्देशकसमेत रहेका अग्रवाललाई मंगलबार थप ५ दिनको लागि जिल्ला प्रशासनबाट अनुसन्धानको लागि थुनामा राख्न म्याद थप गरिएको हो । उनलाई अधिकतम् २८ दिनसम्म प्रहरीले थुनामै राखेर अनुसन्धान गर्न सक्छ ।

दोस्रोपटक म्याद थप गरेपछि उनको व्यापारिक कनेक्सन, भन्सार तिरेर ल्याएको सामान र आएको पूर्ण सामानलगायतका विषयमा अनुसन्धान केन्द्रित गरिएको छ । ‘त्यस समयमा ल्याएको सामान के-के थियो, कहाँ बेचियो, कस-कसले सामान लिएका हुन‍्लगायतका विषयमा हामी विस्तृत अनुसन्धानमा लागेका छौँ’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापा (हाल डिआईजीमा बढुवा)ले भने ।

अहिलेसम्म उनले १२ सय थान थर्मल गन ल्याएको नै दाबी गरेका छन् । उनको नाममा १२ सय थान नै आएको भन्सार प्रमाणपत्र देखिएको प्रहरी अधिकारीले बताएका छन् । सुरुवतामा न्युरोडबाट थर्मल गन किनेको बताउने अग्रवालले पछिल्लो बयानको क्रममा भने चीनबाट ल्याएको स्वीकार गरेका छन् । ‘पहिले न्युरोडबाट किनेको थर्मल गन भएको र मूल्यमा पनि १०/२० प्रतिशतभन्दा बढी नाफा नलिएको बताउनु भएको थियो तर अहिले चीनबाट ल्याएको स्वीकार गर्नु भएको छ’ ती प्रहरी अधिकारीले भने ।

महानगरीय प्रहरी अपराध महाशाखाले न्यायिक हिरासतमा रहेका व्यापारी सुलभ अग्रवालको विषयमा विशेष अनुसन्धान गरिरहेको छ । २५ चैत २०७६ मा पक्राउ परेका शंकर ग्रुपका निर्देशकसमेत रहेका अग्रवाललाई मंगलबार थप ५ दिनको लागि जिल्ला प्रशासनबाट अनुसन्धानको लागि थुनामा राख्न म्याद थप गरिएको हो । उनलाई अधिकतम् २८ दिनसम्म प्रहरीले थुनामै राखेर अनुसन्धान गर्न सक्छ ।

दोस्रोपटक म्याद थप गरेपछि उनको व्यापारिक कनेक्सन, भन्सार तिरेर ल्याएको सामान र आएको पूर्ण सामानलगायतका विषयमा अनुसन्धान केन्द्रित गरिएको छ । ‘त्यस समयमा ल्याएको सामान के-के थियो, कहाँ बेचियो, कस-कसले सामान लिएका हुन‍्लगायतका विषयमा हामी विस्तृत अनुसन्धानमा लागेका छौँ’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले भने ।

अहिलेसम्म उनले १२ सय थान थर्मल गन ल्याएको नै दाबी गरेका छन् । उनको नाममा १२ सय थान नै आएको भन्सार प्रमाणपत्र देखिएको प्रहरी अधिकारीले बताएका छन् । सुरुवतामा न्युरोडबाट थर्मल गन किनेको बताउने अग्रवालले पछिल्लो बयानको क्रममा भने चीनबाट ल्याएको स्वीकार गरेका छन् । ‘पहिले न्युरोडबाट किनेको थर्मल गन भएको र मूल्यमा पनि १०/२० प्रतिशतभन्दा बढी नाफा नलिएको बताउनु भएको थियो तर अहिले चीनबाट ल्याएको स्वीकार गर्नु भएको छ’ ती प्रहरी अधिकारीले भने ।

२० हजार थर्मलगन ल्याएको सुराकी प्रहरीलाई परे पनि १२ सयभन्दा बढी नभएको दाबी अग्रवालले गरेका छन् । ‘हामीले अन्य विषयमा पनि अझै विस्तृत अनुसन्धान गरिरहेका छौँ, अहिले केही खुलेको छैन’ ती अधिकारीले भने ।

अत्याधिक महँगो मूल्यका थर्मल गन बिक्री गर्ने सुलभ आफ्नो नाममा भने परिवर्तन गरेको थिए । उनले प्रहरीसँग डिल गर्ने क्रममा अर्कै नामबाट परिचय दिएका थिए । प्रहरी अधिकारी भन्छन् ‘हामीले सुलभ अग्रावल भनेर डिल गरेका थिएनौँ हाम्रो डिल त सुवास अग्रवालसँग भएको थियो ।’

प्रहरी अधिकारीले पक्राउ गरेर ल्याएपछि मात्रै उनको वास्तविक परिचय थाहा पाएका थिए । ‘नीलो प्लेटवाला भन्ने कुरा पनि हामीले सोचेका थिएनौँ, शंक्रर ग्रुपका सुलभ अग्रवाल हुन् भन्ने पनि हामीले थाहा पाएका थिएनौँ’ ती अधिकारीले भने ‘महँगो मूल्यमा बिक्री भएको छ भनेर हामीलाई नम्बर प्राप्त भयो । हामीलाई उहाँले सुवास अग्रवाल परिचय दिनु भएको थियो, सुरुवातमा १६ हजार रुपैयाँ प्रतिपिस भनिएको थियो ब्रागेलिङबाट १५ हजारमा झारेको हो ।

२२ चैत २०७६ देखि आफैँ डिल गरेर २५ चैतमा सामान किन्नको लागि महानगरीय अपराध महाशाखाको टोली नक्साल पुग्यो । जब प्रहरी हो भन्ने कुरा सुलभले थाहा पाए अनि प्रहरी अधिकारीमाथि उनले दुरव्यवहार गरेका थिए । उनलाई पक्राउ गर्न गएको एक प्रहरी भन्छन्’ मलाई चिन्छस्, म को हूँ थाहा छ ?, भन्दै धम्की आएको थियो ।’ उनले नीलो नम्बर प्लेटको गाडीमा राखेर सामान ल्याएर बिक्री गर्न थालेका थिए । जुन सुपथ मूल्यमा नै दिँदा पनि गाडीको दुरूपयोग गरेको मानिन्छ । उनले आफ्नो रिसलाई थेग्न नसकेर प्रहरी भ्यानको लुकिङ ग्लाससमेत फोरिदिएका थिए ।

सुलभ अग्रवालले अहिले धेरै गुनासो गर्ने गरेको प्रहरी अधिकारीहरूले बताएका छन् । यो गल्ती मेरा लागि निकै ठूलो गल्ती भयो भन्दै आत्मगलानी गर्ने गरेका छन् । उनले विगतमा यस्ता गल्ती नगरेको र पहिलो गल्तीमा नै फसेको दाबी उनको छ । ‘मैले कहिले एक खिल्ली चुरोट खाइनँ, कहिले जाड रक्सी पनि खाइनँ, जे गर्दा अनुशासन पालना हुन्छ, त्यही गरेर व्यापारमा पनि कहिले नराम्रो गरेको थिएन, अहिले मती बिग्रेछ’ उनले प्रहरीसँग गरेको गुनासो एक प्रहरी अधिकारीले सुनाए ।

आफूबाट कहिले पनि यस्तो किसिमको गल्ती नहुने प्रतिबद्धता जनाएको समेत बताइएको छ । ‘यस्तो गल्ती मेरो जिन्दगीको सबैभन्दा ठूलो सिकाइ भएको छ, अब कहिल्यै गल्ती नगर्ने गरी पाठ सिकेको छु’ उनले भनेको कुरा उद्धृत गर्दै प्रहरी ती प्रहरी अधिकारीले बताए । उनको कसुर पुष्टि भए कालोबजारी ऐन २०२३ अन्तर्गत सुलभलाई १० हजार रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद अथवा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।