कोरोना अपडेट : अमेरिकामा एकै दिन २४०७ को मृ’त्यु, नेपालमा संक्रमितको संख्या १६ पुग्यो

हाम्रो सन्देश संवाददाता

वैशाख,३ काठमाडौँ ।

नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) को प्रभाव विश्वका प्राय सबै देशमा परेको छ । चीनको हुवेईको वुहान सिटीबाट सुरु भै इटाली, स्पेन र अमेरीकालाई थला पार्दै यो विश्वका २१० देश पुगिसकेको छ ।

२०७७ वैशाख ३ (सन् २०२० अप्रिल १५) बिहान ८.०२ बजेसम्मको प्राप्त समाचार अनुसार संसारका १९ लाख २४ हजार ६ सय ७९ मानिसमा कोरोना भाइरस सल्केको छ । अघिल्लो दिनको तुलनामा थोरै बढेको छ । बुधबारमात्र ७३४३२ जना नयाँ बिरामी थपिएका छन् भने कूल मृत्युसंख्या १२६,६०४ रहेकोमा पछिल्लो चौबिस घण्टामा ६९१२ जनाको मृ’त्यु भएको छ ।

निको भएर घर फर्किएकाहरु संख्याको ४७८,६५९ छ भने उपचाररत बिरामीको संख्या १,३९२,८४८ रहेको छ । जसमध्ये १,३४१,२४० को अवस्था मध्यम छ भने ५१,६०८ को स्थिति गम्भिर रहेको छ ।

वल्र्डोमीटरका अनुसार अहिले सबैभन्दा बढी प्रभावित हुनेमा अहिले अमेरिका देखिन्छ । अमेरिकामा मात्रै प्रभावितको संख्या ६३१,८८६ पुगेको छ भने २६,९४५ को मृत्यु भएको छ । अमेरिकामा अघिल्लो दिन २३६४० संख्या रहेकोमा बुधबार बिहान यो संख्या २६०४७ पुगेको छ । यसरी हेर्दा अघिल्लो दिनको तुलनामा एकै दिन २४०७ जनाको मृ’त्यु भएको छ ।

मृत्युदरको हिसाबमा अमेरिका सबैभन्दा बढी प्रभावित देश बनेको छ । अघिल्लो हप्तादेखि इटालीमा मृत्युदर लगातार घट्दो क्रममा रहेको देखिन्छ । इटालीमा प्रभावितको संख्या १ लाख ६२ हजार ४ सय ८८ रहेको छ ।

कोरोना उत्पत्ति भएको देश चीनमा मंगलबार ४६ नयाँ बिरामी थपिएका छन् । १ जनाको मृत्यु भएको छ । चीनमा प्रभावितको संख्या ८२२९५ रहेको छ ।

प्रभावका हिसाबले अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, बेलायत अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले अमेरिका पहिलो, इटाली दोस्रो, स्पेन तेसो, फ्रान्स चौंथो, बेलायत पाचौँ, इरान छैठौं, बेल्जियम सातौँ र चीन आठौँ क्षति व्यहोर्ने देशमा छन् ।

नेपालमा कोरोना भाइरस अपडेट :

नेपालमा संक्रमितको संख्या नियमित बढेको छ । मंगलबार थप दुई जनामा कोरोना भएको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १६ पुगेको छ । मंगलबारसम्म ५,६९१ जनाको परीक्षण भएको छ ।

चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो । ती पुरुष निको भएर घर फर्किएसकेका छन् भने हाल १३ जना उपचाररत छन् ।

चैत्र २३ गते कोरोना संक्रमित एक व्यक्तिबाट अर्काेमा सरेपछि नेपाल कोरोना भाइरसको दोस्रो चरणमा प्रवेश गरेको छ । दुबईबाट फर्केका कैलालीका संक्रमित एक युवाबाट उनको भाउजुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि दोस्रो चरण सुरु भएको हो । युवासँग भेट भएको १२ दिनपछि उनकी भाउजुमा संक्रमण भएको थियो ।

कोरोनाको चरण हेर्दा यसका चार चरण रहेका छन् । व्यक्तिमा सिमित संक्रमण (विदेशबाट फर्केर आएका) पहिलो चरण हो । ट्राभल हिस्ट्री भएको व्यक्तिमार्फत परिवारमा संक्रमण देखिनु दोस्रो चरण मानिन्छ । एउटा समुदायबाट अर्को समुदायमा पैmलनु तेस्रो चरण हो भने महामारीको रुप लिएको अवस्था चौथो चरण हो ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल एक युवतीको चैत्र १० गतेको परीक्षणमा कोरोना संक्रमित भएको पुष्टि भएपछि भोलिपल्ट अर्थात् चैत्र ११ गतेदेखि सरकारले देशभर लकडाउन गरेको थियो । सरकारले ११ गते मंगलवार बिहान ६ बजेदेखि चैत १८ सम्म लागू हुनेगरी गरेको लकडाउन तेस्रो हप्तासम्म लम्बिएर आगामी वैशाख ३ गते सकिँदैछ । विश्वभर तथा छिमेकी देश भारतमा समेत संक्रमितको संख्या बढीरहेका कारण नेपालको लकडाउन बढ्ने सम्भावना देखिन्छ ।

अर्को छिमेकी देश भारतमा संक्रमितको संख्या बढीरहेको छ । आइतबारसम्म ११,४८७ जना संक्रमित रहेको र ३९३ जनाको मृत्यु भएको देखिन्छ ।

यस्तो छ कोरोना भाइरसको अपडेट तथ्याङ्क :

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।