विक्रम सम्वत् खारेज गरौं भन्दैं मैदानमै उत्रिए बाबुराम र हिसिला यमी !

हाम्रो सन्देश संवाददाता

वैशाख,२ काठमाडौं ।

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय अध्यक्ष डा बाबुराम भट्टराई दम्पत्तीले विक्रम संवत खारेज गर्न माग गरेका छन् । हिसिला यमीले ट्वीटमार्फत चीन, भारत र विश्वमा नै ईसाई संवत सुरु भईसकेको भन्दैं हामी कहिलेसम्म विक्रम संवत मानिराख्ने भन्दैं प्रश्न गरेकी छन् ।

चाईना, भारत र विश्वमा नै ईसाई संवत, हामी कहाँ कहिलेसम्म विक्रम संवतः अहिले हामीसँग जति पनि समय छः यसबारे सोच्ने की ?, यमीको ट्वीटमा उल्लेख छ ।

यस्तै केही समयअघि पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय अध्यक्ष डा बाबुराम भट्टराईले नेपालमा ईस्वी संवतलाई नै आधिकारिक संवत् मान्नुपर्ने सुझाव दिएका थिए ।

ट्विट गर्दै भट्टराईले नेपालमा ईस्वी संवत् लागु नगरे समृद्धि र विदेशी लगानीका कुरा व्यर्थ हुने दाबी गरेका थिए । नेपालमै जन्मेको ‘नेपाल संवत्’ र भारतीय उपमहाद्वीपमा प्रचलित ‘विक्रम संवत्’ लाई नेपालमा सांस्कृतिक क्यालेण्डर मात्रै मान्नु पर्ने धारणा राखेका थिए ।

उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘यसो गरे कसो होला९नेपालमै जन्मेको ‘नेपाल सम्बत्’ तथा भारतीय उपमहाद्वीपमा प्रचलित ‘विक्रम सम्बत्’लाई सांस्कृतिक क्यालेण्डर र पश्चिममा जन्मेर अहिले विश्वभर छाएको ‘इस्वी सम्वत्’ लाई प्रशासनिकरआर्थिक क्यालेण्डर बनाऊँ, नत्र समृद्धि,विदेशी लगानी,पर्यटनबर्ष इ।सम्धीका गफ मात्रै होलान् है’ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।