पेप्सीकाेला स्थित सनसिटि अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ

हाम्रो सन्देश संवाददाता

वैशाख,१ काठमाडौं ।

पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको ए बिल्डिङमा एकै परिवारमा तीन जनामा कोरोना आशंका गरिएको छ । यापिड टेष्टमा पोजेटिभ आएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको हो ।

उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरिएको छ । पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको पाटन अस्पतालले जानकारी दिएको छ ।

उनीहरु चैत्र ५ गते अघि मात्र बेलायतबाट फर्केको सनसिटीमा बस्ने एक छिमेकीले बताए । उनीहरुमा कोरोनासँग मिल्दो लक्षणहरु देखिएपछि यापिड टेष्ट गरिएको थियो । बेलायतबाट फर्किएपछि १४ दिनको क्वारेन्टिन पुरा गरेपछि उनीहरु परिवारसँग बस्न थालेका थिए ।

उनले अपार्टमेन्टमा जान आउनका लागि लिफ्टको प्रयोग हुने हुँदा अपार्टमेन्टमा रहेकाहरु सबैको यापिड टेष्ट गर्नुपर्ने बताइएको जानकारी समेत उनले दिए ।

यापिड टेस्टमा आएको नतिजा सही नहुन पनि सक्ने हुँदा आफूहरु उनीहरुको स्वाब नमुना पिसीआर पोजिटिभ नआइदिओस् भनेर कामना गरेको ती छिमेकीको भनाइ छ ।

तीनजना आशंकितलाई अस्पताल लगिएसँगै प्रहरीले सनसीटीका सबै अर्पाटमेन्ट सिलबन्दि गरिएको छ । अपार्टमेन्ट परिसरमा प्रहरी तैनाथ गरिएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।