कैलालीमा थप एक महिलामा कोरोना संक्रमणको पुष्टि

हाम्रो सन्देश संवाददाता

धनगढी,१ बैशाख ।

सदूरपश्चिम प्रदेशको कैलालीमा थप एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कैलालीको लम्कीचुहामा ५५ वर्षीया महिलामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिएको हो ।

उनी १७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा थिइन् । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी ९ चैतमा लम्की आएकी थिइन् ।

भुरुवामा आफन्तकोमा बसेकी उनलाई स्थानीय जनप्रतिनिधिले क्वारेन्टाइनमा राखेका थिए ।

ती महिलालाई सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।