भोकै भएका व्यक्तिलाई दिनहुँ नि:शुल्क खाना वितरण

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,३० चैत्र ।

कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दिका कारण आज हुँदा खाने वर्ग मात्र हैन हुने खाने वर्ग समेत ठुलो चपेटामा पर्दै गएका छन् । आफूसँग भएको जोहो सकिदै गएपछि अनि सरकारको राहतले भरोसा दिन नसकेपछि पोको बोकेर काठमाडौं उपत्यका छाड्दै गाउँ फर्किनेको ठुलै जमात समेत छ।

राज्यले वडा स्तर भात वितरण गरेको राहत कहाँ गयो, कतिलाई गयो थाहा पत्तो छैन । त्यसमाथि पनि राहत माथि नै राजनीति भएका घटना समेत बाहिरिन थालेका छन् । तर राज्यले जे गरेपनि हामीले सकेजति भोका युवा, बेरोजगार र मजदुर वर्गलाई बचाऊनेछौँ भन्दै वडा ३१ र ०९ को आव्हान युवा सञ्जाल, शुभारम्भ युथ क्लब, बिजय चोक युवा क्लब, र किङ कम स्पोर्ट्स क्लबको संयुक्त सहकार्य र प्रहरीकै रोहबरमा प्रत्येक दिन निशुल्क खाना वितरण भइरहेको छ । वितरण समय र स्थान भने बिहान १० बजे पशुपति विकास कोष र बेलुका ६ बजे सिनामंगल भत्केको पुल रहेको छ ।

सामाजिक दुरी र स्वास्थ्यको समेत मध्यनजर गर्दै उक्त क्लबले योजना गरेको यो भोजन सेवा व्यवस्थित देखिन्थ्यो। खानाको राम्रो व्यवस्था गरेको क्लबका अध्यक्षले बताएका छन्। त्यसैगरी शुभारम्भ युथ क्लबका अध्यक्ष गुणराज प्याकुरेलले दिनु भएको जानकारी अनुसार यो निशुल्क खाना वितरण लकडाउन अवधी भर नै रहने र सहयोग गर्न चाहनु हुनेले खाना वितरण स्थानमै आएर अथवा उहाँकै नम्बर ९८५१२०४०४८ मा सम्पर्क गरि अन्य जानकारी लिन सक्नुहुनेछ ।

यो परिस्थितिमा आफ्नो नभई अरुको बारेमा सोच्ने यस्ता महान हृदय भएका व्यक्तिहरुलाई हाम्रोसन्देश डटकम परिवार हृदय देखि नै नमन व्यक्त गर्दछ ।

बाँकी भिडियोमा हेर्नुस् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।