‘आव्हान युवा सञ्जाल’द्वारा लकडाउनले भोकै भएका व्यक्तिलाई दिनहुँ नि:शुल्क खाना वितरण

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,२९ चैत्र ।

कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबंदीका कारण आज हुँदा खाने वर्ग मात्र हैन हुने खाने वर्ग समेत ठुलो समस्यामा पर्दै गएको छ । आफूसँग भएको जोहो सकिदै गएपछि अनि सरकारको राहतले भरोसा दिन नसकेपछि पोको बोकेर काठमाडौं उपत्यका छाड्दै गाउँ फर्किनेको ठुलै जमात समेत छ।

हिजोका दिनमा आफ्ना हात पाखुरा बजारेर खाने वर्ग सामाजिक संजालमा बेइज्जत भइन्छ कि भन्ने डरले राहतको लागि गुहार माग्न समेत डराइ रहेका छन् । सामाजिक संजालका चर्चित पात्र मुकुन्द घिमिरे भनेजस्तै केरा समाजसेवीका कारण फोटो खिचाउने भिडले हात पाखुरा दरा भएका वर्ग बरु भोकै मर्न तयार छन् तर राहतको भिख मग्न तयार छैनन्।

राज्यले वडा स्तर भात वितरण गरेको राहत कहाँ गयो कतिलाई गयो थाहा पत्तो छैन त्यसमाथि पनि राहत माथि नै राजनीति भएका घटना समेत बाहिरिन थालेका छन् । तर राज्यले जे गरेपनि हामीले सकेजति भोका युवा, बेरोजगार र मजदुर वर्गलाई बचाऊनेछौँ भन्दै सिनामंगल आव्हान युवा सञ्जाल भने प्रहरीकै रोहबरमा प्रत्येक दिन बिहान ०६ बजेदेखि ८ बजेसम्म निशुल्क खाना खुवाउने व्यवस्था गरेको छ।

सामाजिक दुरी र स्वास्थ्यको समेत मध्यनजर गर्दै उक्त क्लबले योजना गरेको यो भोजन सेवा व्यवस्थित देखिन्थ्यो। खानाको राम्रो व्यवस्था गरेको क्लबका अध्यक्षले बताएका छन्।

यो परिस्थितिमा आफ्नो नभई अरुको बारेमा सोच्ने यस्ता महान हृदय भएका व्यक्तिहरुलाई हामी हृदय देखि नै नमन गर्दछौं । तर भगवान सबै ठाउँमा पुग्न नसक्ने भएरै होला भगवानले यस्ता युवाहरुलाई दुखि पिडितको सेवामा खटाएको छ ।

बाँकी भिडियोमा हेर्नुस् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।