काठमाण्डौंमा लकडाउनको बेला नि:शुल्क बिर्‍यानी वितरण

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २८ चैत ।

लकडाउनको बेला ठमेलका होटल तथा रेष्टुरेष्टले नि: शुल्क रुपमा खाना खुवाइरहेका छन् । ठमेलका होटेल तथा रेष्टुरेन्टले लकडाउनको कारण आफ्नो देश फर्किन नपाएका पर्यटकलाई नि: शुल्क खाना वितरण खुवाएका हुन् ।

ठमेलका होटेल तथा रेष्टुरेन्टले स्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल र पर्यटन बोर्डको सहयोगमा पर्यटकलाई नि: शुल्क रुपमा खाना खुवाएको हो । ठमेलस्थित होटेल नर्थ फिल्डले अलपत्र परेका पर्यटकलाईनि: शुल्क खाना खुवाइरहेको छ । नर्थ फिल्ड होटेलमा दैनिक ६० जना भन्दा बढी पर्यटकले नि: शुल्क रुपमा खाना खाइरहेका छन् ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरेर होटेलले पर्यटकलाई खाना प्याक गरेर दिने गरेको छ । पर्यटकलाई खाना खुवाउनकै लागि होटेलले ११ जना कर्मचारी तयारी अवस्थामा राखेको छ । लकडाउन अवधिभर होटेलले पर्यटकलाई नि: शुल्क खाना उपलब्ध गराउने जनाएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।