बालकोटबाट बास्कोटाको गर्जनः सर्वदलीय संयन्त्र के सेकाउन चाहियो ?

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,२८ चैत्र ।

पूर्वमन्त्री गोकुल बास्कोटाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र आवश्यक नभएको बताएका छन् ।

शुक्रबार ट्वीट गर्दै बास्कोटाले संविधानले नचिन्ने उच्चस्तरीय सर्वदलीय संयन्त्र आवश्यक नभएको बताएका छन् ।

उनले लेखेका छन्,

‘तलदेखि माथिसम्म नै जननिर्वाचित सरकार छन्।सत्तापक्ष र प्रतिपक्ष सबै त्यहाँ कोरना बिरुद्ध अहोरात्र हातेमालोसाथ कार्यरत छन् । अनिसँगै स्वास्थ्यकर्मी,सेना,पुलिस,कर्मचारी र नागरिक युद्धमोर्चा मै । तब संविधानले नचिन्ने उच्चस्तरीय सर्वदलिय संयन्त्र के सेकाउन चाहियो ?ठाडै खारेज गर ।’

७० करोड घुस मागेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका बास्कोटा पछिल्लो समय सामाजिक संजालमा सक्रिय हुन थालेका छन् ।

यसैबीच, सरकार बाहिर रहेका राजनीतिक दलले सबै दल सम्मिलित सर्वदलीय संयन्त्र गठनका लागि प्रधानमन्त्रीलाई आग्रह गर्दै आएका छन् । तर प्रधानमन्त्रीले यसबारे केही बताएका छैनन् ।

संयन्त्र गठनका लागि साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पहल गर्दै आएका छन् ।

उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवासँग कुराकानी गरेका छन् ।

मिश्रले दुई साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव पत्र बुझाउँदै संयन्त्र गठन गर्न आग्रह गरेका थिए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।