सुनको मूल्य ह्वात्तै घट्यो !

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,२८ चैत्र ।

बिहीबार सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुनको मूल्य ७५ हजार तोकेको छ ।

बुधबार एक हजारले बढेर प्रतितोला ७६ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य बिहीबार तोलामा १५ सयले गिरावट आउँदै ७५ हजार रुपैँयामा कारोबार भएको हो ।

तेजावी सुनको मूल्य पनि घटेर ७६ हजार ९ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ। सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ ।

बुधबार प्रतितोला ७३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १० रुपैयाँले घटेर ७२० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।