सरकारले बोलि फेर्यो,काठमाडौँ उपत्यकामा रहेकालाई बाहिर जान दिने निर्णय रद्द

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,२७ चैत्र ।

लकडाउनका बेला भोलि र पर्सि काठमाडौँबाट बाहिरा जान चाहनेहरुलाई उपत्यका बाहिर जान दिने निर्णय सरकारले बदर गरेको छ । यसअघि सरकारले उपत्यकामा बसोबास गरेका र घर जान चाहनेहरुलाई बाहिर पठाउनेबारेमा छलफल गरिरहेका बेला भोली र पर्सी काठ्माण्डौ बाहिर जान दिने समाचारहरु सार्वजनिक भएका थिए ।

सरकार उक्त निर्णयकै पक्षमा भएको भए पनि प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकारले निर्णय परिवर्तन गरेको बताइएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित गृहमन्त्रीलगायतको छलफलले उपत्यकाका मानिसलाई बाहिर पठाउदा कोरोनाको थप जोखिम हुनसक्ने भन्दै बाहिर नपठाउने निर्णय गरेको हो ।

काठमाडौंबाट बाहिर जान दिने तर काठमाडौं जान नदिने कुरा सत्य होइन होला : मुख्यमन्त्री पोखरेल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भोली र पर्सी काठ्माण्डौबाट बाहिर जान दिने संघीय सरकारको निर्णयप्रती असन्तुष्टि जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा ‘काठमाडौंबाट बाहिर जान दिने र काठमाडौं जान नदिने कुरा सत्य होइन होला’भन्ने स्टाटस लेख्दै घुमाउरो ढङ्गले पोखरेलाले संघीय सरकारले निर्णय गर्दा प्रदेश सग सल्लाह नगरेको आशय ब्यक्त गरेका छन ।

उनले फेसबुकमा लेखेका छन् ‘काठमाडौंबाट बाहिर जान दिने र बहिरबाट काठमाडौं जान नदिने कुरा सत्य होइन होला । लकडाउनको अर्थ लकडाउन नै हो । बरु बेखर्चीलाई राहत देऊ ।’

उनले प्रदेश ५ का नागरिकलाइ बैशाख ३ सम्म जहाँ छौं त्यहीँ बस्नसमेत अनुरोध गरेका छन् । त्यसपछि आवश्यकता हेरेर हिँड्ने ब्यवस्था मिलाउने समेत जनाएका छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।