बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २२ पुग्यो !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २७ चैत ।

बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २२ पुगेको छ । पछिल्लाे केही दिनयता लिइएकाे स्वाबमा थप १० जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएसँगै संक्रमितको संख्या २२ पुगेको बहराइस्थित नेपाली दूतावासले जनाएको छ ।

यो रिपोर्ट बुधबार मात्रै सार्वजनिक भएको हो । याेभन्दा पहिला बहराइनमा १२ जना नेपालीमा सङ्क्रमण भेटिएको थियो ।

बहराइनमा हालसम्म जम्मा ८ सय २३ जनामा कोरोना संक्रमण पाइएको छ भने १२ जनाको ज्यान गइसकेको छ ।

फिल्डमा खटिएका प्रहरीको तलब काटेर कोरोना कोषमा

कोरोना भाइस (कोभिड–१९) भाइरसको महामारी रोकथाम तथा नियन्त्रणमा खटिएका सुरक्षाकर्मीको आत्मबल बढाऊनका लागि नागरिक स्तरबाट नै प्रोत्साहन भत्ताको माग भैरहेको बेला उल्टै तलब काटिने भएको छ ।

विपदको समयमा फ्रण्टलाइनमा बसेर खटिने प्रहरीलाई पनि प्रोत्साहन भत्ता हुनुपर्ने माग भैरहेका बेला महानिरिक्षक देखि प्रहरी बरिष्ठ उपरिक्षक सम्म १ हप्ता, प्रहरी उपरिक्षक देखि प्रहरी निरिक्षकसम्म ५ दिन र प्रहरी नायब निरिक्षक र प्रहरी सहायक निरिक्षकको ३ दिनको तलब कटौती गरि कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय प्रहरी प्रधान कार्यालयले गरेको छ ।

नेपाल सरकारको कोरोना कोषमा करोडौँ जम्मा भैसकेको अवस्थामा मासिक तलब थाप्ने प्रहरीको पेटमा लात हान्ने काम भएको छ ।

यसअघि आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमतिको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई ५० देखि सतप्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो । त्यसअघि ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले स्वास्थ्यकर्मीलाई २५ देखि ७५ प्रतिशत भत्ता दिन सिफारिस गरेको थियो । सरकारले कोरोना भाइरस रोकथामका लागि मंगलबारबाट मुलुकभर ‘लकडाउन’को घोषणा गरेको छ । जसको कार्यान्वयका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल फिल्डमा खटिएका छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए hamros[email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।