कक्षा ११ र १२ को परीक्षा अनिश्चित कालका लागि स्थगित

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २५ चैत ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९)का कारण कक्षा ११ र १२ को परीक्षा अनिश्चित कालका लागि रोकिएको छ। मंगलबार बसेको राष्ट्रिय परीक्ष बोर्डको बैठकले अर्को सूचना नभएसम्मका लागि कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको बोर्डका उपाध्यक्ष महेशप्रसाद दाहालले जानकारी दिए।

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण तथा रोकथामको लागि लकडाउन चलिरहेकाले परीक्षा सार्ने कि नसार्ने भन्ने विषयमा मङ्गलबार निर्णय भएको हो ।

यसैबीच माध्यमिक शिक्षा परीक्षा (एसईई ) लकडाउन खुलेपछि मात्रै गर्ने भएकाले विद्यार्थीलाई त्यही अनुसारको तयारी गर्न आग्रह सरकारले गरेको छ । सामाजिक सञ्जालमा मिति नै तोकेर परीक्षाको बारेमा अनावश्यक हल्ला फैलाइएकोमा आपत्ति जनाउँदै राष्ट्रिय परीक्षा बोर्डले लकडाउन नखुली परीक्षाको मिति नतोकिने स्पष्ट पारेको छ ।

बोर्डका सदस्य सचिव अर्यालले लकडाउन खुलेपछि पनि विद्यार्थीलाई तयारीको लागि दुई हप्ता दिएर मात्रै परीक्षाको मिति तय गर्ने भएकाले त्यही अनुसारको तयारी गर्न आग्रह गनुभएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।