कति छ आजको बजार भाउ

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,२५ चैत्र ।

सुनकाे भाउ शुक्रबार ताेलामा पाँच सय रुपैयाँले बढेको छ ।

सुनको भाउ तोलाको ७६ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदी आज तोलामा २० रुपैयाँ बढेर ताेलाको सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महाप्रसाद अधिकारी बने नयाँ गभर्नर

आज बसेको सरकारको मन्त्रिपरिषदको बैठकले महाप्रसाद अधिकारीलाई गभर्नरमा नियुक्त गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिश समितिले अधिकारी सहित, डा.राजन खनाल र चिन्तामणि सिवाकोटीलाई सिफारिश गरेको थियो ।

डा. चिरञ्जीवि नेपालको ५ वर्षे कार्यकाल सकिएपछि अधिकारी नियुक्त भएका हुन् । योजना आयोगको प्रमुख समेत रहेका अधिकारीसँग राष्ट्रबैंकमा ३० वर्ष काम गरेको अनुभव छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।