दोलखामा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमा नै मृत्यु, १८ जना घाइते

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ३१ चैत्र ।

दोलखाको विगु गाउँपालिका वडा नं-४ लादुकको चार गोलाई भन्ने स्थानमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । अन्य १८ जना घाइते भएका छन् ।
प्रदेश नं ३–०१–२३ च ७५८० नम्बरको गाडी सोमबार राति साढे १० बजे सडकबाट खस्दा गाडीमा सवारमध्ये ३ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरिक्षक भेषराज रिजालले बताए ।

मृत्यु हुनेमा ३ जना महिला र १ जना पुरुष रहेका छन् । मृत्यु हुनेमा विगु गाउँपालिका वडा नम्बर ३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्का र २४ वर्षीया चण्डिका थापा रहेको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ ।

घाइते १८ जनामध्ये ८ जनाको सदरमुकाम चरिकोटमा उपचार भइरहेको छ भने १० जनालई थप उपचारको लागी काठमाडौँ ल्याइएको रिजालले जानकारी दिए । साँकेतिक तस्वीर