मलाइकाको वोल्ड तस्बिर, यस कारण सेट मै रोईन मलाइका

हाम्रो सन्देश संवाददाता

बलिउड अभिनेत्री मलाइका अरोरा सामाजिक सञ्जालमा प्रायः चर्चामा रहने गर्छिन् । उनी आफ्नो ग्ल्यामर लूकका कारण चर्चामा आइरहने गर्छिन् । हालै मलाइका एक इभेन्टमा हाइ स्लिट ड्रेस लगाएर पुगिन् । उनी उक्त आउटफिटमा ग्ल्यामर देखिएकी थिइन् । उनले यो लूकमा सजिएर खिचेका केही तस्वीर सामाजिक सञ्जालमा शेयर गरिन् । यी तस्वीरलाई फ्यान र केही फिल्मकर्मीले रुचाए ।

निर्देशक फराह खानले त झन् यस्तो कमेन्ट गरे कि, उनको कमेन्टको पनि चर्चा भइरहेको छ । उनले कमेन्टमा लेखे, ‘कमीनी यसलाई आज रातिको गेम पार्टीमा लगाएर आउनू ।’ फराह खानको यो कमेन्टमा प्रयोगकर्ताले विभिन्न प्रतिक्रिया जनाएका छन् ।पछिल्लो समय मलाइका आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा छिन् । उनको नाम अभिनेता अर्जून कपूरसँग पनि जोडिएर आउने गर्छ ।

मलाइका अरोरा अहिले टीभी रियालिटी सो ‘इन्डियाज बेस्ट डान्सर’मा जज गरिरहेकी छन्। यो सोमा उनको साथमा कोरियोग्राफर गीता कपुर र टेरेन्स लुइस छन्। यसका साथै उनी अर्जुन कपुरसँगको सम्बन्धका कारण पनि लगातार चर्चामा छिन्।

मलाइका आफ्नो निजी जीवनका बारेमा प्रायः मौन रहन्छिन्। तर, इन्डियाज बेस्ट डान्सरको सेटमा मलाइका रुन थालिन्। उनी रुँदै आफ्नो निजी जिन्दगीको बारेमा बोल्न थालिन्। सोको अडिसन राउन्डमा एक प्रतियोगीले डान्स गरेपछि आफ्नो विगत सम्झेर मलाइका भावुक बनेकी हुन्।

मलाइकाले भनिन्, ‘मेरो निजी जिन्दगीको कहानी र यी प्रतियोगीको जिन्दगीको कहानी धेरै समान छ।’ त्यसपछि मलाइका बोल्दाबोल्दै रुन थालिन्। ‘जसरी प्रतियोगीकी एउटी बहिनी छिन्, त्यसैगरी मेरो पनि एउटी बहिनी छे’, उनले भनिन्।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।