स्वास्थ्य मन्त्रालयको खुलाशा : कोरोना सङ्क्रमितको नयाँ बिरामी देखिएको हल्ला मात्रै हो

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,२१ चैत्र ।

गण्डकी प्रदेशको कास्कीमा कोरोना सङ्क्रमित नयाँ बिरामी देखिएको हल्ला चले पनि सरकाले भने पुष्टि गरेको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले अहिलेसम्म सातौँ सङ्क्रमित भेटिएकाबारे कुनै पनि जानकारी नआएको बताउनुभयो ।

उहाँले केहीबेर अघि गण्डकी प्रदेशमा सम्पर्क गरेको तर कोरोना सङ्क्रमित नयाँ बिरामी देखिएको बारे आफूलाई कुनै पनि जानकारी नआएको पनि बताउनुभयो ।

उहाँले यस्तो विषयमा सरकारले पुष्टि गरेको कुरालाई मात्र विश्वास गर्न र पुष्टि भएपछि मात्र खबर दिन पनि सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको उज्यालो अनलाइनमा खबर छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।