एकैपटक पेट्रोल र डिजेलको मूल्य १०/१० रुपैयाँले घट्यो

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,२१ चैत्र ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपछि मूल्य घटेको हो। साविकको विक्री मूल्यमा पट्रोल, डिजल र मटितेलमा प्रतिलिटर १० रुपैयाँ घटेको हो।

निगमले डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर ८५ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर ९६ तोकेको छ ।

हवाई इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर रु १५ ले मूल्य समायोजन गरिएको छ । निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ७५ तोकेको छ ।

यस्तै बाह्य उडानतर्फ हवाई इन्धनको मूल्य ०.९५ अमेरिकी डलर तोकिएको निगमका छ।

एलपी ग्याँसको हालको मूल्य भने यथावत छ। घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।