आजको मौषम : चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,२० चैत्र ।

देशमा स्थानीय वायुको प्रभाव देखिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले हाल भने देशभर मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आँशिक बदली हुने र अपरान्हतिर थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ ।

राति भने देशका पहाडी भू–भागमा आँशिक बदली रही पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ तथा असिना सहित वर्षाको सम्भावना रहेको छ ।

रुपन्देहिको वेलहिया नाकामा अलपत्र नेपालीलाई भारत तिरै फर्काइयो

वैदेशिक रोजगारीको शिलशिलामा भारतका विभिन्न ठाउँहरुमा गएका नेपालीहरु गत सोमवार नेपाल– भारतको सीमावर्ती नाका रुपन्देहीको वेलहिया अर्थात् भारत तर्फको सुनौलीमा अलपत्र अवस्था परेका नेपालीहरुलाई भारत तिरै फर्काइएको छ ।

भारतका विभिन्न ठाउँहरु बाट आएका नेपालीहरु आफ्नो घर आउनका लागि रूपन्देहीको सीमापारी आएका नेपालीहरु करिव ३ सय जति रहेको र उनीहरुलाई नेपाल सरकारले नेपाल आउन नदिएपछि सोमबार देखि सीमा नाकामै अलपत्र पर्दै आएका थिए ।

नेपाल– भारत दवै देशका अधिकारीहरु विच वठैक वसेर पारी रहेका नेलपालीहरुलाई भारतको नौतनवामा वनाईएको क्वारेन्टाईनमा राख्ने र यता वेलहिया नाकामा रहेका १ सय २५ जना भारतिय नागरिकहरुलाई रुपन्देहीको भैरहवा स्थित प्रतिमान निमा स्मृति प्रतिष्ठानमा राख्ने निर्णय भएपछि देशका नागरिकहरु आ–आफ्नो देशमा जान वाट वञ्चित हुन पुगेका छन् ।

यसैविच भारतको नौतनवामा पठाईएका नेपालीहरुको टोलीमा रुपन्देहीको मंगलापुरकी करिव १० दिनकी सुत्केरी समेत रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिएका छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।