कुवेतमा रहेका १ नेपालीमा कोरोना पुष्टि

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,१९ चैत्र ।

कुवेतमा रहेका १ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुवेतमा १ जना नेपालीसहित २८ जना नयाँ संक्रमित फेला परेको त्यहाँको स्वास्थ्य मन्त्रालयले बुधवार सार्वजनिक गरेको तथ्यांकले देखाएको हो ।

हालसम्म कुवेतमा कोरोना संक्रमित विरामीको संख्या ३ सय १७ पुगेको छ । भने ८० जना उपचारपछि पूर्णरुपमा निको भएर घर फर्किएका छन् ।

त्यस्तै कुवेतमा पहिलोपटक नेपालीमा संक्रमित पुष्टि भएको जनाइएको छ ।

हामीले जानेसम्म सुरक्षित पीपीई बनाएर फ्रीमा बाँडेका छौंः पुन

राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महाविर पुनले आफूहरुले जानेसम्म सुरक्षित किसिमको पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) बनाएर निशुल्क बाँडेको बताएका छन् ।

तर, आफूहरुले निशुल्क बाँडेको पीपीईलाई कसैले गुणस्तरहीन भन्दै टिप्पणी गरेको इंगित गर्दै उनले ट्वीटरमार्फत असन्तुष्टि व्यक्त गरेका छन् ।

आफूहरुले पीपीई बनाएर फ्रीमा बाँडेर कोरोनाभाइरस रोकथाम तथा उपचारमा सहयोग गर्ने प्रयास गरेको पुनले बताएका छन् ।

उनले लेखेका छन्, ‘हामीले जानेसम्म सुरक्षित बनाएर फ्रीमा बाँडेको पीपीईको बारेमाः- केही खानेकुरा नपाएर बनको कन्दमुल खाएर प्राण धान्न प्रयास गरिरहेका पीडितहरुलाई कसैले यसो भन्यो भने के भन्ने ?– हैट कन्दमुल र झारपात किन खाएको ? मासु भात, दुध दही, फलफुलहरु पो खानुपर्छ, यस्तो झारपात खाएर मर्लाउ ।’

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।