प्रचण्डबाट माखो पनि मर्दैन भन्दै माओवादीबाट निर्वाचित यी १५ सांसद एमाले प्रवेश…

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३० चैत ।

पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ठुलो झड्का लागेको छ । नेकपामा ओलीलाई कार्वाही गरेर पार्टी र सरकार कब्जा गर्ने योजना बनाएका दाहाललाई सर्वोचव आदालतले एमाले र माओवादी केन्द्र व्युतिाइदिएपछि पर्नु सकस परेको छ ।

उसै त सानो दल त्यसमाथी पनि आफ्ना १५ सांसदले साथ छोडेपछि प्रचण्डलाई ठुलो झड्का लागेको हो ।अरुको पार्टी फोड्ने र आफु शक्तिसाली बन्ने योजनाम रहेका दाहाललाइृ आफ्नै १५ निर्वाचित सांसदले माओवादी परित्याग एमाले भएपछि प्रचण्डलाई तनाव परेको हो ।

अहिलेसम्म नेकपा माओवादी केन्द्र छाडेर केन्द्र र प्रदेशसभाका १५ जना सांसद एमालेमा प्रवेश गरिसकेका छन् ।जसमा प्रतिनिधिसभाका ४, राष्ट्रियसभाका २ र प्रदेशसभाका ९ जना गरी जम्मा १५ जना सांसद प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमालेमा प्रवेश गरेका हुन् ।

एमालेमा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको पक्षमा उभिने सांसदहरुको नाम :प्रतिनिधिसभाका सांसदहरू१. टोपबहादुर रायमाझी २. लेखराज भट्ट ३. प्रभु साह ४. गौरीशंकर चौधरी राष्ट्रियसभाका सांसदहरू : १. रामबहादुर थापा बादल २. चन्द्रबहादुर खड्का प्रदेशसभाका सांसदरू : प्रदेश १ बाट १. टंक आङ्बुहाङ प्रदेश २ बाट १. रामचन्द्र मण्डल २. ज्वालाकुमारी साह ३. कुन्दनप्रसाद कुशवाह ४। मोहम्मद समिर लुम्बिनी प्रदेशबाट १. दधिराम न्यौपाने
२. दिनेश पन्थी कर्णाली प्रदेशबाट १. धर्मराज रेग्मी सुदुरपश्चिम प्रदेशबाट १. झपट बोहरा