नर्सलाई घरबाट निकाल्ने वडा सचिव पक्राउ

हाम्रो सन्देश संवाददाता

दाङ,१८ चैत्र ।

घोराही उपमहानगरपालिका वडा नं.२ का वडा सचिव नारायण आचार्य पक्राउ परेका छन्। आफ्नो घरमा डेरामा बस्दै आएकी तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ गणेपुरकी २० बर्षीया नर्स सिर्जना खड्कालाई निकालेको आरोप उनीमाथि घोराही १८ नवलपुरस्थित लागेको थियो।

त्यो खवर सार्वजनिक भए लगतै वडा सचिव आचार्यलाई आवश्यक कारवाहीका लागि पक्राउ गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। घोराहीस्थित एक निजी हस्पिटलमा कार्यरत नर्स खड्का गत मंसिरदेखि साथीहरु संगै मिलेर आचार्यको घरमा भाडामा बस्दै आएकी थिइन्।

त्यहाँबाट निकालिएपछि हाल घोराहीस्थित एक होटेलमा बस्दै आएको खड्काले जानकारी दिएकी छिन्। घोराही घोराही उपमहानरपालिका वडा नं. २ का वडा सचिव नारायण आचार्यले नर्स सिर्जना खड्कालाई घरबाट निकालेका थिए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।