अस्वस्थ महसुश भएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,१४ चैत्र ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहज महसुस भएको भन्दै अस्पताल भर्ना गरिएको छ । उहाँलाई गएराति करिब ११ बजेतिर अप्ठेरो महसुश भएको भनेपछि अस्पताल भर्ना गरिएको हो। बिहीबार राती ११ बजे ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको सो अस्पताल स्रोतले जानकारी दिएको छ ।

भर्ना भएपछिको उनको स्वास्थ्य अवस्थाको बारेमा भने कुनै पनि थप विवरण अस्पतालले दिएको छैन । ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११ दिनमा बालुवाटार फर्किएका थिए।

त्यसपछि उनलाई स्वास्थ्यमा खासै समस्या देखिएको थिएन । ओलीलाई डिस्चार्ज गर्ने बेला उनको उपचारमा संलग्न चिकित्सकले उनी अझै पनि सक्रमणको जोखिममा रहेको भन्दै अझै केही दिन अस्पतालमै राख्न खोजेका थिए । पछि उनको डिस्चार्ज गर्न प्रधानमन्त्री आफै र बालुवाटार सचिवालयबाट दबाब आएको भनिएको थियो । त्यसपछि चिकित्सकले कडा सावधानी अपनाउन सुझाव दिएका थिए।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।