लकडाउन नमान्ने भारतीयलाई सडकमै यस्तो सजाय ! तस्बिर भाइरल बन्दै

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,१२ चैत्र ।

विश्वभर कोरोनाभाइरसको त्रास छ । यस भाइरसबाट बच्न विश्व विभिन्न उपाय अवलम्बन गरिरहेको छ । गत डिसेम्बरदेखि चीनबाट सुरु भएको कोरोनाभाइरसको संक्रमण अहिले विश्वभर पुगेको छ । यसको संक्रमणबाट जोगिन नेपालले पनि लकडाउन गरेर सावधानी अपनाएको छ । विश्वसहित भारतले पनि सावधानी अपनाएको छ ।

यही बेला सामाजिक सञ्जालमा एक तस्बिर भाइरल बनिरहेको छ, जुन भारतमा सुरक्षाकर्मीले केही मानिसलाई सडकमै सजाय दिएको भनिएको छ । पुष्टि भइनसकेको सो तस्बिरमा एक सुरक्षाकर्मीले केही मानिसलाई सडकमा सजाय दिएको देखिन्छ । लकडाउन अवज्ञा गरेकालाई सडकमै भारतीय सुरक्षाकर्मीले सजाय दिएको भन्दै सामाजिक सञ्जालमा पोष्ट भइरहेको छ ।

लकडाउन नागरिकको स्वास्थ्य सुरक्षाका लागि गरिएको हो । सबै नागरिकले लकडाउनलाई स्वीकारेर सरकारले गरेको कोरोनाभाइरस नियन्त्रणको प्रयासमा साथ दिनुपर्छ । भारतले पनि लकडाउन गरेको छ । यही पेरिफेरिमा सार्वजनिक भएको सो तस्बिरको आधिकारिकता र घटनाबारे पुष्टि भने भएको छैन । कहिले, कुन प्रसङ्ग र घटना लिएको तस्बिर हो भन्ने खुलेको छैन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।