कोरोना संक्रमणका विरामी जाँच गर्दा लगाउने ड्रेस डा. महाविर पुनले बनाउने

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,११ चैत्र ।

राष्ट्रिय आविस्कार केन्द्रका अभियन्ता डा. महाविर पुनले कोरोना संक्रमणका विरामी जाँच गर्दा चिकित्सकले लगाउने ड्रेस आफूले बनाउने बताएका छन् ।

डा. पुनले विरामी जाँच गर्दा लगाउने पिपिई (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) को नेपालमा अतिनै आवस्यक रहेको र टिचिङ अस्पताल काठमाण्डौं र बि.पी अस्पताल धरानबाट पनि त्यस्तो ड्रेसको माग रहेको र त्यो बनाउनका लागि राष्ट्रिय आविस्कार केन्द्रलाई जिम्मा आएको बताएका छन् । डा. पुनले ड्रेसको डिजाइन आविस्कार केन्द्रमा बन्दै गरेको र ४०० वटा जति ड्रेस बनाउनका लागि सामान पनि उपलब्ध भएको बताएका छन् ।

डा. पुनले सामाजिक संजालमा उक्त कुराको जानकारी दिँदै अब सिलाउने टेलर आवस्यक रहेको र राजधानीमा कोही त्यस्तो टेलर भए सम्पर्क गर्न पनि अनुरोध गरेका छन् ।

संसारभरी फैलिएको कोरोना महारमारी र त्यसको रोकथाम गर्नका लागि नेपाल सरकारले हरेक तयारी गरिरहेको र चिकित्सकले लगाउने यस्ता पिपिई ड्रेस अभाव रहेको भन्ने समाचार आइरहेका बेला डा. पुनको आविश्कार केन्द्रले गर्न लागेको यस्तो कार्यको सबैले सह्राना गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।