नेपालमा भेटिए पहिलो कोरोना संक्रमित व्यक्तिः १९ वर्षीय युवती कोरोनाबाट संक्रमित भएको पुष्टि

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,११ चैत्र ।

काठमाडौंको टेकु अस्पतालमा कोरोना जाँचका क्रममा कोरोना पोजेटिभ भएको विरामी भेटिएको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ ।

सोमबार स्वास्थ्य मन्त्रलालयद्वारा आयोजित विशेष पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

मन्त्रालयका अनुसार उनी १९ वर्ष उमेर भएकी युवती हुन् । फ्रान्स पढन गएकी युवतीमा कोरोनो भाइरस देखिएको हो । अहिले उनको परिवारलाई पनि क्वारेन्टाइनमा राखेको जानकारी सरकारले दिएको छ ।

चैत ४ गते कतार एयरवेजयको उडानबाट उनी काठमाडौंमा अवतरण गरेकी हुन् । साथै उनी फ्रान्सबाट आउदा चढेको हवाइजहाजका यात्रु सबैलाई सम्पर्क गरी सर्तकता अपनाउने रणनिति समेत सरकारले बनाएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताए । ढकालले व्यक्तिगत गोपनियताको कारण बिरामी व्यक्तिको नाम सार्वजनिक नहुँने बताए ।

मन्त्रालयले कोरोना भाइरस लागेको विरामी भेटिएको बताए पनि उनको नाम र विस्तृत विवरण भने सार्वजनिक गरेको छैन ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।