नेपालमा पहिलोपटक हवाई सम्पर्कविहीन

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,११ चैत्र ।

मंगलबारदेखी एक साताका लागि आन्तरिक उडान बन्द हुने भएको छ । विश्वभर फैलँदो कोरोना भाइरसको संक्रमणबाट उत्पन्न अवस्थालाई मध्यनजर गर्दै सरकारले कोरोनाको उच्च जोखिमबाट बच्ने उपायस्वरुप एक साताका लागि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो ।

सोमबार राजधानीमा बसेको कोरोना रोकथाप उच्चस्तरीय समितिको बैठकले मंगलबारदेखि आगामी एक साताका लागि हवाई उडान बन्द गर्ने निर्णय गरेको हो ।
सरकारको यस्तो निर्णयसँगै अब नेपाल अन्तर्राष्ट्रिय हवाई उडान सुरु भएको ६ दशकपछि पहिलोपटक अन्तर्राष्ट्रिय हवाई सम्पर्कविहीन भएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।