गणेश भगवानको दर्शन गरि आज ११ चैत्र २०७६ मंगलवारको राशिफल हेर्नुहोस !

हाम्रो सन्देश संवाददाता

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मुहारमा कान्ति बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। मित्रको सहयोगले कार्य सफल हुनेछन्। कष्टकर यात्रा होला। शत्रु परास्त हुनेछन्।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अध्ययन/अध्यापनमा सुधार आउनेछ। पारिवारिक झमेला बढ्नेछ। वैदेशिक कार्य सफल हुनेछन्। गलत निर्णयले विवाद बढ्नेछ। मित्र बन्नेछन्। शंका बढ्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
छोटो दुरीको लाभदायक यात्रा हुनेछ । विश्वास गरेकाले साथ दिनेछन् । नजिकको व्यक्तिबाट आँटेको कार्यमा सफल भइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनोरञ्जनमा मन जानेछ। राजनैतिक अन्योलता बढ्नेछ।स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सजिलै अरूको मन जित्न सकिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेममा सफलता पाईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनोरञ्जनमा ध्यान जनेछ। मुहारमा मलिनता छाउनेछ। अनावश्यक खर्च नियन्त्रण हुनेछ। पराक्रम बढ्नेछ। बोलीको प्रभाव पर्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ। साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
चिताएको कामले तीव्रता लिनेछ । कार्यमा सफलता पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पुनर्मिलनको योग रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आत्मविश्वास बढ्नेछ। सामाजिक नेतृत्व प्राप्त हुनेछ। रोजगारको अवसर मिल्नेछ। शिरसम्बन्धी पीडा हुनेछ। मित्र सुख मिल्नेछ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।