कतार ट्रान्जिट भएर फ्रान्सबाट आएकी नेपाली युवतीमा कोरोना पुष्टि, टेकु अस्पतालमा उपचार हुँदै

हाम्रो सन्देश संवाददाता

१० चैत, काठमाडौं ।

नेपालमा एक व्यक्तिमा कोरोना पुष्टि भएको छ । फ्रान्सबाट कतार हुँदै आएकी एक विद्यार्थीमा कोरोना भाइरस देखिएको हो।

सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले १९ वर्षीया युवतीमा कोरोना पुष्टि भएको बताए । मन्त्री ढकालका अनुसार युवतीको अहिले टेकु अस्पतालमा उपचार भइरहेको छ ।

‘उनको परिवारलाई क्वारेन्टाइनमा राखेका छौं र उनी सँगै जहाजमा आएका अन्य मानिस कहाँ–कहाँ छन् ? भनेर खोजी गर्दैछौं’, पत्रकार सम्मेलनमा मन्त्री ढकालले भने। ती युवती काठमाडौंमा ४ चैतमा ओर्लिएकी थिइन् ।

नेपालमा कोरोना भाइरसको पुष्टि भएको यो दोस्रो केस हो। महिना दिनअघि चीनको वुहानबाट फर्किएका एक नेपालीलाई पनि कोरोना देखिएको थियो। उपचारपछि उनी निको भएर घर फर्किसकेका छन् । न्यूजसेवा डटकम

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।