इटलीमा स्थिति नाजुक, एकै दिनमा ७९३ को मृत्यु

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,९ चैत्र ।

विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाइरसले यतिबेला इटलीमा आतंक मच्चाइरहेको छ । चिनको वुहानबाट शुरु भएको भाइरस चीनपछि टार्गेट बनाएको इटलीमा स्थिति झनै भयावह बनेको हो । शनिबार मात्रै त्यहाँ थप ७९३ जनाको ज्यान गएको छ । इटलीमा कोरोनाका कारण एकै दिन भएको यो अहिलेसम्मकै उच्च मृत्यु हो ।

पछिल्लो २४ घण्टामा ईटलीमा थप सात सय ९३ जनाको मृत्यु भएको छ । यो संगै ईटलीमा मृत्यु हुनेको संख्या ४ हजार ८ सय २५ पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ ।

यस्तै एकैदिन ६ हजार पाँच सय ५७ जना नयाँ बिरामी थपिएर इटलीमा सङ्क्रमितको सङ्ख्या ५३ हजार पाँच सय ७८ पुगेको छ ।

सङ्क्रमणका कारण अवस्था खराब बन्दै गएपछि इटलीले लोम्बार्डी लगायतका क्षेत्रमा थप प्रतिबन्ध लगाएको छ । अत्यावश्यक आपूर्ति बाहेक सबै व्यवसाय बन्द गराएको छ भने मानिसलाई घरबाहिर ननिस्कन पनि प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ ।

ईटलीपछि सबैभन्दा धेर स्पेनमा एकैदिन दुई सय ८५ जनाको मृत्यु भएको छ ।
योसँगै मृत्यु हुनेको संख्या १३ सय ७८ पुगेको छ । इरानमा पनि एकैदिन एक सय २३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वका १८८ देशमा १६ सय ३८ जनाको मृत्यु भएको छ । ३१ हजार २ सय ९५ जना नयाँ बिरामी थपिएका छन् ।

३ लाख ६ हजार भन्दा धेरै संक्रमितमध्ये ९ हजार ३ सय ८२ जनाको अवस्था गम्भिर छ । एजेन्सी

बाङ्गो टिङ्गो पुरा भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस्

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।