आँचलको विवाहमा नदेखिएका पललाइ फ्यानको प्रश्नः बिहे भोज खान छाडेर कता घुमेको हिरो ?

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

नायिका आँचल शर्माको विवाह पक्का पक्की भएदेखि नै नायक पल शाहले आँचलको सङ्गत चटक्कै छाडे । कुनै समय यी दुई प्रेममा रहेको चर्चाका बिच निकै नजिकका मिल्ने साथी बताउँथे एकले अर्कालाई । तर आफ्नो जीवनमा आँचलले डाक्टर प्रेमी उदिप श्रेष्ठसँगका सपनाहरू देख्न थालेपछि पलले आँचललाई सामाजिक सञ्जालबाट मात्रै हटाएनन् उनको विवाहका कुनै पनि गतिविधिमा पल देखिएनन् ।

र नायक पल शाहलाई नाई नभन्नु ल, शत्रुगते, जोनी जेन्टलमेनमा, दाल भात तरकारीमा एकै साथ पर्दामा देखेका धेरै दर्शकले वास्तविक जीवनमा पनि एकैसाथ देख्न खोजेको चर्चा लामो समय चल्यो । उनीहरुले कैर्यौँ अन्तरवार्ता एकसाथ दिँदा उनीहरु प्रेममा रहेको आभाष गर्थे दर्शकले तर एकाएक आँचलले आँफु पलसँग प्रेममा नरहेको प्रमाणित गर्दै पेशाले चिकित्सक रहेका प्रेमी उदिपसँग प्रेम विबाह गरिन् ।

आँचलको विबाह चलिरहँदा पल भने घुमघामकमा लागी भनेर पोखरा हुँदै मुक्तिनाथसम्म पुगे । पल नायिका पूजा शर्मा, लगायतको यूनिटसँग मिलेर मुक्तिनाथ गइरहँदा पलका फ्यानले फललाई विबाहको भोज नखाएर कता हिँडेको हिरो भएर ट्रोल समेत बनाएका छन् ।

बाङ्गो टिङ्गो पुरा भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस्

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।