ओरालो लागेको सुनको मूल्य शुक्रबार झनै बढ्यो !! कति छ आजको बजार भाउ

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,९ चैत्र ।

सुनकाे भाउ शुक्रबार ताेलामा पाँच सय रुपैयाँले बढेको छ ।

सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेर तोलाको ७५ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार १५ सय रुपैयाँ घटेर सुन तोलाको ७५ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै चाँदी आज तोलामा २० रुपैयाँ बढेर ताेलाको सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

ग्यासको अभाव नहुने, हल्लाको पछि नलाग्न निगमको आग्रह

नेपाल आयाल निगमले भने हल्लाको पछि नलाग्न आग्रह गर्दै ग्यास, पेट्रोलियम पदार्थको अभाव नहुने स्पष्ट पारेको छ । कोरोना भाइरसको प्रभावले अत्यावश्यकीय वस्तुको अभाव हुने हल्लासँगै खाना पकाउने ग्यास जगेडा राख्न सर्वसाधारण तल्लिन देखिएका छन् ।

काठमाडौं उपत्यकाका केही स्थानमा ग्यास लिन सर्वसाधारण लाइन नै बस्न थालिसकेपछि निगमले हल्लाको पछि नलाग्न आग्रह गरेको हो । निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले माग अनुसार ग्यास एवं पेट्रोलियम पदार्थको बिक्री भइरहेको बताए ।

उनले हल्लाको पछि नलाग्न आग्रह गर्दै मागे जति ग्यास दिन निगम सक्षम रहेको र ग्यास आइरहेको पनि बताए । उनले नाकाबन्दीका क्रममा घरघरमा राखिएका सिलिण्डर अहिले निकालिएको पनि बताए ।

उनले मागभन्दा बढी आपूर्ती भइरहेको र अभावको कुनै सम्भावना नभएको पनि बताए । काठमाडौं उपत्यकामा मासिक औसत ३६ हजार मेट्रि टन ग्यासको माग हुने भएपनि त्योभन्दा बढी आयात भइरहेको बताए । उनले भने, “अघिल्लो महिना ४१ हजार मेट्रिक टन ग्यास आएको छ ।

त्यो भन्दा अगाडि ३९ हजार मेट्रिक टन आएको थियो । यो महिना ४५ हजार मेट्रिक टन ग्यास आउँदैछ ।” केही उपभोक्ताले भने ग्यास नपाएको गुनासो गरेका छन् । यता, ग्यास उद्योग संघले पनि ग्यासको अभाव नभएको जनाएको छ ।

बाङ्गो टिङ्गो पुरा भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस्

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।