यस्तो बन्यो शिशिर भण्डारीको म्युजिक भिडियो ‘फोटो फिरिममा’ (भिडियो हेर्नुस)

हाम्रो सन्देश संवाददाता

काठमाडाैं ।

नेपाल आईडल सिजन ३ मा निकै नै रुचाईएकी एक प्रतिस्पर्धी रचना रिमालको स्वर रहेको गीत ‘फोटो फिरिममा’ नामक नयाँ गीत सार्वजनिक भएको छ।

शिशिर भण्डारीको आफ्नो युटुब च्यानल नयाँ नयाँ न्युज नेपाल युट्युब च्यानलमार्फत उक्त गीत आज सार्वजनिक गरिएको छ । शिशिर भण्डारीको शव्द, सँगीत रहेको छ । त्यस्तै, गीतको एरेन्ज कुशल शिङ्गले गरेका हुन् ।

गीतको मुख्य भूमिकामाशिशिर भण्डारी देख्न सकिन्छ । गीतको छायांकन विकल श्रेष्ठले गरेका हुन । गीतमा मिक्सिङ भने प्रकाश मिश्रले भरेका छन् ।

बियोगान्त गीतमा प्रेम बिछोडका कथा भनिएको छ । शिशिरले रचनाको आवाजको आफु फ्यान भएको र दर्शकहरुले पनि उनलाई नै गायिकाको रुपमा गीतमा लिन अनुरोध गरेपछि रचनालाई लिएको बताए । रचनाले गीत रेकडिँग सकाएपछि शिशिरले अन्तर्वार्तामै यति धेरै पारिश्रमिक पनि दिए । यो गीत चाँडै नै युटुब मार्फत दर्शकहरु माँझ आउँदैछ ।

भिडियो हेर्नुस

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।