सामाजिक संजालको दुरुपयोग गर्दै अफवाह फैलाउने कार्यमा संलग्न अभियुक्त पक्राउ

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,८ चैत्र ।

सामाजिक संजालको दुरुपयोग गर्दै अडियो मेसेज मार्फत राजधानी काठमाडौंको अस्पतालमा ६ जनालाई कोरोना भाइरस देखिएको र नेपालमा फैलिईसकेको भन्ने अफवाह फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा जि. रामेछाप, ठाडादेवी गा.पा घर भई हाल भक्तपुर सिपाडोल बस्ने वर्ष २० का विवेक थापा मगरलाई आज केन्द्रीय साईबर व्युरोले पक्राउ गरेको छ ।

प्रारम्भिक सोधपुछमा निजले आफुले संचालन गरेको पेजमा reach र engagement वृद्धि गर्न सो भ्रम र अफवाह फैलाएको स्विकार गरेका छन् । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

आफूले संचालन गरेको कुनै पनि पेजहरुमा reach र audience वृद्धि गर्न यस किसिमका गतिविधि नगर्नहुन र यस्ता कार्यमा संलग्न रहेको फेला परेमा प्रचलित ऐन कानुन बमोजिम कडा कारबाही हुने व्यहोरा समेत सबैमा जानकारी गराउँदछौं ।

बाङ्गो टिङ्गो पुरा भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस्….

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।