कोरोनाविरुद्ध लड्न जर्मनीद्वारा नेपाललाई १० लाख युरो अनुदान

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,८ चैत्र ।

कोभिड–१९ विरुद्धको तयारी तथा आपत्कालीन प्रतिकार्यका लागि जर्मनीले १० लाख युरो अनुदानस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ ।

जर्मनी सरकारको सहयोगमा नेपालमा सञ्चालित स्वास्थ्य क्षेत्र कार्यक्रमलाई सघाउन उक्त रकम प्रदान गरिएको यहाँस्थित सङ्घीय गणतन्त्र जर्मनीको राजदूतावासले जनाएको छ ।

जर्मनी नेपालको स्वास्थ्य कार्यक्रमलाई थप १ मिलियन युरो सहयोग गर्ने भएको छ । जर्मन सरकारले कोभिड–१९ले निम्त्याएको आपत्कालीन अवस्थामा साथ दिन मौजुदा स्वास्थ्य कार्यक्रमा उक्त सहयोग गर्ने भएको नेपालस्थित जर्मन राजदूतावासले जनाएको छ ।

राज्यको महामारी पूर्वतयारी जर्मन सरकारले दशकदेखि गरेको सहयोगको क्षेत्र हो ।

कोभिड–१९ ले आपतकालीन् अवस्था सिर्जना गरेको छ । नेपाल–जर्मन स्वास्थ्य क्षेत्र सहायता कार्यक्रमका निर्देशक डा. पउल रकेर्टले भने, “कोभिड–१९ का कारण हाम्रो काम र कोष रकम दुवै थपिएको छ । केही समस्या छैन ।”

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।