काठमाडौंमा ५ दशमलव ६ रेक्टर भूकम्पको धक्का

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,७ चैत्र ।

आज विहान ७ बजेर १८ मिनेटमा काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।

अमेरिकी भौगर्भिक निकाय युएसजीएसका अनुसार भूकम्पको केन्द्र बिन्दु चीनको सिगात्सेबाट २० किलोमिटर तिब्बत तर्फ रहेको छ ।
आज गएको भूकम्प ५ दशमलव ६ रेक्टर मापन गरिएको छ ।

अमेरिकी भौगर्भिक निकाय युएसजीएसका अनुसार भूकम्पको धक्का चीनमा बढी महसुस भएको छ भने बंगलादेश, भुटान, भारत र नेपालमा सामान्य धक्का महसुस गरिएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।