विद्यालय गइरहेकी आ’कृतिकाे ब’ला’त्कार’पछि ह’त्या: श’व खा’ल्डो खनेर पुरेकाे अ’वस्था’मा फे’ला

हाम्रो सन्देश संवाददाता

इलाम,६ चैत ।

इलामको सूर्योदय नगरपालिका–१३ लक्ष्मीपुरमा जबरजस्ती क’रणी’पछि ज्यान लिएको आरोपमा प्रहरीले रोशन राईलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार गत मंगलबार रोशनले विद्यालय गइरहेकी सूर्योदय नगरपालिका–१३ कै आकृति राईलाई ज’बरज’स्ती करणीपछि ज्यान लिएको स्वीकार गरेका छन् ।

रोशनले आकृतिको श’वलाई खा’ल्डो खनेर पुरेको स्वीकार गरेका छन्, भने उनले खाल्डो खन्न प्रयोग गरेका सामग्रीलाई प्रहरीले बरामद गरिसकेको बताइएको छ ।

लक्ष्मीपुरको ज्योति माध्यमिक विद्यालयमा अध्ययनरत आकृति राईको गत मंगलबार विहान विद्यालय जाने क्रममा बाटोमै जबरजस्ती क’रणीपछि ज्या’न लिएको अनुसन्धानबाट खुलासा भएको छ ।

आकृति विद्यालय नपुगेकी र साँझसम्म पनि घर नफर्किएपछि स्थानीयले उनको खोजतलास गरेका थिए । खोजतलासकै क्रममा बुधबार स्थानीयले सुकेपोखरी नजिकै रहेको अम्लिसोबारीमा रगतको टाटा देखेपछि प्रहरीलाई खबर गरेका थिए । जहाँ आकृतिको शव खाल्डो खनेर पुरिएको थियो ।

प्रहरी नियन्त्रणमा परेका रोशन राईले अपराध स्वीकार गरेकाले अनुसन्धानपछि कारबाही प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय इलामका एसपी हिराबहादुर पाण्डेले जानकारी गराउनुभयो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।