सुनको मुल्य आजपनि घट्यो : कतीमा भयो कारोबार ?

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,६ चैत्र ।

बजारमा आज पनि सुनको मुल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज (बिहिबार )सुनको मूल्य हिजोको भन्दा तोलामा १ हजार ५ सय रुपैयाँले घटेर कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज बिहीबार छापावाला सुनको मूल्य ७५ हजार छ । हिजो बुधबार छापावाला सुन प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको थियो ।

तेजावी सुनको मूल्य पनि तोलामा १ हजार ५ सयले घटेर ७५ हजार २ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य तोलामा २ हजारले घटेको थियो ।

सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ ।

बुधबार प्रतितोला ७१० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ३० रुपैयाँले घटेर ६८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

एनआईसी एशिया बैंकद्वारा खातावालालाई उपचार वापत १५ लाख रूपैयाँ बिमा रकम भुक्तानी

एन आई सी एशिया बैंक लिमिटेडले झापाको विर्तामोडस्थित भद्रपुर रोड निवासी महेश अग्रवाललाई औषधी उपचार बिमाअन्तर्गत १५ लाख प्रदान गरेको छ ।बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त रकम बराबरको चेक अग्रवाललाई हस्तान्तरण गरे ।

महेश अग्रवालले बैंकको चन्द्रगढी शाखामा सुपर चमत्कारिक निक्षेप योजनाअन्तर्गत ‘डायमण्ड’ श्रेणीको खाता खोले वापत उक्त रकम प्राप्त गरेका हुन् ।आफ्नो ओपन हर्ट सर्जरी भएपश्चात सो खाताभित्र घातक रोगहरूको बिमा सुविधाअन्तर्गत खातावालाले बिमा रकम दावी गरेका थिए ।

यसैगरी बैंकको बिमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका १ सय २७ भन्दा बढी ग्राहकहरूले बीमा वापतको ८७ लाख भन्दा बढी रकम प्राप्त गरिसकेको बैङ्कले जनाएको छ ।

साथै मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४५२ एटिएम, १०७ वटा एक्स्टेन्सन काउण्टर एवं ५७ वटा शाखारहित बैंकिङ्गमार्फत् एन आई सी एशिया बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको र करिब २१ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको बैंकले जनाएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।