तीस हजार घुससहित श्रेस्तेदार पक्राउ

हाम्रो सन्देश संवाददाता

कास्की,६ चैत्र ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले कास्की जिल्ला अदालतका श्रेस्तेदार लोकनाथ पराजुलीलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ ।

आयोगको टोलीले बुधबार राति मुद्दाका एक पक्षसँग ३० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पराजुलीलाई पोखरा–५ पस्र्याङस्थित एक पसलबाट पक्राउ गरेको हो । आयोगका सूचना अधिकारी मेघनाथ रिजालले श्रेस्तेदार पराजुलीलाई एक मदिरा पसलबाट अख्तियारको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको पुष्टि गर्दै उनीमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

सङ्गठित अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका अभियुक्तको गाडी छुटाइदिने भन्दै श्रेष्तेदार पराजुलीले घुस मागेको बताइएको छ । शुरुमा ५० हजार रुपैयाँ मागेका उनले छलफलका क्रममा ३० हजार रुपैयाँमा कुरा मिलाएर सो रकम बुझेको स्रोतले जनाएको छ । श्रेस्तेदार पराजुलीको सर्वोच्च अदालतमा हालै सरुवा भइसकेको बताइन्छ । रासस

एसइई परीक्षा स्थगन बारे शिक्षामन्त्रीले दिए स्पष्टिकरण

एकाएक एसइइ परीक्षा स्थित भएपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले परीक्षा रोक्नुको कारण स्पष्ट पारेका छन् ।

मन्त्रिको ६ मिनेट २ सेकेन्डको भिडियो सार्वजनिक भएको छ ।

मन्त्रीको भनाई यस्तो छ ।

केही समयअगाडीसम्म उच्च सतर्कताका साथ परीक्षा गर्ने तयारीमा थियौं । समग्र परिस्थित मुल्यांकलन गर्दै एसइइ, सिटिइभिटी, त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण परीक्षा रोक्ने निर्णय गरेका हौं ।

बाहिरबाट हेर्दा नेपाल सुरक्षित जस्तो देखिएता पनि जोखिमको स्तर बढ्दै गएको छ । भारतमा पनि कोरोनाबाट स‌क्रमित हुनेको संख्या दिनानुदिन बढ्दै गएको हुनाले अकस्मात यो निर्णय गर्नुपरेको शिक्षामन्त्री गिरिराजमणी पोखरेलको भनाइ छ ।

उनी भन्छन् “एउटा परीक्षा गरेर अनावश्यक रुपमा किन जोखिम उठाउने भन्ने हिसाव परीक्षा स्थगित गरिएको हो ।” यो कुरा सबैले बुझ्नुहुन्छ भन्ने मलाई लागेको छ ।

अकस्मात गरेको यो निर्णयले परीक्षा तयारी गरेका विद्यार्थी र अभिभावकलाई त अप्ठयारो त परेको छ नै तर विपतको बेलामा कुनैपनि बेलामा हामीले यस्तो निर्णय हुनसक्दछ है भनेर पहिल्यै देखि भन्दै आएका थियौं । अब विद्यार्थीहरुले आफ्नो पढाइलाई जारी राख्ने, अभिभावकहरुले पनि संकटका कारणले यो अवस्था आएको हो भनेर सबैलाई बुझाउन आग्रह गर्दछु ।

अब परीक्षा कहिले हुन्छ भन्ने प्रश्नमा मन्त्री भन्छन् “हामी चाँडै परिस्थिको मुल्यांकन गरेर अर्को निर्णय गर्छौं ।” कति समयपछि परीक्षा गर्ने भन्नेबारेमा मन्त्रीले केही नसोचेको मन्त्रीले बताए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।