त्रिभुवन विश्वविद्यालय र सीटीईभीटीका सबै परीक्षा स्थगित

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,५ चैत्र ।

एसईई परीक्षा स्थगित गरेको सरकारले त्रिभुवन विश्वविद्यालय र प्राविधिक तथा व्यवसायिक शिक्षा परिषद् सीटीईभीटीका परीक्षासमेत स्थगित गरेको छ ।

कोरोना भाइरसको रोकथामको लागि सरकारले चैतमा हुने त्रिवि र सीटीईभीटीका परीक्षा स्थगित गरेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

बिहीबार त्रिवि र सीटीईभीटीका पदाधिकारीसँग बैठक गरेर थप रणनीति तय गरिने मन्त्री पोखरेलले जानकारी दिनुभयो ।

नेकपा सचिवालय : ‘कोभिड–१९’ रोकथामका लागि थप प्रभावकारिता अपनाउन आग्रह

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज सम्पन्न सचिवालय बैठकले ‘कोभिड–१९’ को सङ्क्रमणको रोकथाम र सचेतनाका लागि थप प्रभावकारी कार्य गर्न सरकारलाई आग्रह गरेको छ ।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कोरोना भाइरसको सङ्क्रमणलाई ध्यान दिएर माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गर्नेलगायत उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वमा रहेको ‘कोभिड– १९’ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका निर्णयप्रति प्रशंसा गरेको छ ।

बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सफल मिर्गाैला प्रत्यारोपणका लागि उनलाई बधाई दिँदै संलग्न चिकित्सक र मिर्गाैला दातालाई धन्यवाद व्यक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।