घर छाडी दिनु भन्दै फकाएका ट्रक भित्र सा’मुहिक ब’ला’त्कार

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,५ चैत्र ।

मंगलबार काठमाडौंमा एक किशोरी सामुहिक ब’ला’त्कारको सिकार भएकी छिन् । काठमाडौंको थानकोट क्षेत्रमा घर गइरहेकी किशोरीलाई तीनजनाको समुहले ट्रक भित्र लगेर सामुहिक ब’ला’त्कार गरेको प्रहरीले जनाएको छ ।

घर हिडेकी ती १७ वर्षकी किशोरीलाई ट्रकमा घर पुर्याइदिने भन्दै ट्रकमा लगेर ब’ला’त्कार गरेको प्रहरीले जनाएको छ ।

चन्द्रागिरि नगरपालिका–१५ तीनथानामा पार्किङ गरेर राखिएको ना ३ ख ६९४ ट्रकभित्रै चालक तथा सहचालक मिलेर ब’ला’त्कार गरेको
थानकोटस्थित महानगरीय प्रहरी वृत्तका डिएसपी धनश्याम श्रेष्ठले जानकारी दिए।

ब’ला’त्कारमा संलग्न भएको आरोपमा राप्ती गाउँपालिका–१, दाङ स्थायी ठेगाना भएका २४ वर्षीय सञ्जय घर्ती मगर, सिन्धुली सुनकोशी गाउँपालिका–९ का १९ वर्षीय पासाङ तामाङ र गोकुलगंगा गाउँपालिका–२, रामेछापका १९ वर्षीय कपिल खड्कालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । संलग्नहरुलाई प्रहरीले घटना लगतै पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूलाई थानकोट प्रहरी वृतको हिरासतमा राखेर प्रहरीले घटनान अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।