फेरि बढ्याे सुनको मूल्य, हेर्नुहोस् कति छ आजको भाउ ?

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,५ चैत्र ।

आज सुन तोलामा १ हजार रुपैयाँ बढेकाे छ । हिजो तोलाको ७५ हजार ५ सय रुपैयाँमा काराेबार भइरहेको छापावाल सुन आज ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज तेजाबी सुन पनि तोलामा एक हजार रुपैयाँले बढेर प्रतितोला ७६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासँघले जनाएको छ । आज चँदीकाे मूल्य स्थिर छ। चाँदी आज ७ सय १० रुपैयाँ तोलामा कारोबार भइरहेको महासंघले जनाएको छ।

अमेरिकी डलरको भाउ घट्दा अन्य देशको विनिमयदर कति ?

आज (बुधबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९ पैसा तोकेको छ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३० रुपैयाँ ६१ पैसा छ भने बिक्रीदर मूल्य १३१ रुपैयाँ २८ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४३ रुपैयाँ ६४ पैसा छ भने बिक्रीदर मूल्य १४४ रुपैयाँ ३६ पैसा छ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।