आज ५ चैत्र २०७६ बुधबार , माताको दर्शन गरि आज काे राशीफल हेर्नुहोस !

हाम्रो सन्देश संवाददाता

मेष राशी – पैसा कमाउने अवसर प्राप्त होला। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । सफलता पनि हात लाग्ने छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

वृष राशी – आर्थिक उन्नति हुने छ। नेतृत्व गर्ने र आफूलाई प्रमाणित गर्ने अवसर प्राप्त हुने छ। धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ ।

मिथुन राशी – बन्न लागेको काम विग्रिनेछ।हडबडी गर्दा काम बीचमा काम रोकिन सक्छ। लाभदायक यात्रा हुनेछ। मन प्रशन्न रहला। अध्ययनमा त्यति समय दिन नसकिएला। बेलामा होश नपुग्नाले खर्च मात्र हुनेछ ।

कर्कट राशी – धनसम्पति जोड्ने योग छ। मित्रजनसँग भेट हुने छ। उल्लासमय दिन रहने छ।साझेदारी काममा उल्झन आउनेछ। आफन्तबाट टाढिनुपर्ला ।सिर्जनशील क्षेत्रमा मन जाने छ। र व्यापार व्यवसायमा सफलता मिल्नेछ।

सिंह राशी – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ।

कन्या राशी – स्वास्थ्य समस्या अन्त्य हुने छ। मित्रहरूसँग भेट हो। आफन्तबाट सहयोग हासिल हुने छ।महत्वपूर्ण कामको थालनी हुनेछ। लक्ष्मी प्रसन्न हुने योगछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ।

तुला राशी – जागिरमा बढुवाको योग छ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ।आकस्मिक धन लाभ हुने योग छ।

वृश्चिक राशी – आम्दानी बढ्ने छ। आफन्तबाट सहयोग पाइने छ।पैसा खर्च सोचेर मात्रै गर्नु होला। कर्मयोगले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।

धनु राशी – अध्ययनको क्षेत्रमा सफलता हासिल होला। नयाँ कार्य प्रारम्भ होला। धनसम्पति हात पर्ने छ। वैदेशिक यात्रा योग पनि छ।अध्ययन अध्यापकको क्षेत्रमा सफलता हासिल हुने छ। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।

मकर राशी – धेरै कामको दायित्व लिनाले बढी परिश्रम गर्नुपर्ला। तापनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। दिन उल्लासमय हुने छ।

कुम्भ राशी – यात्राको पनि योग छ। दिन रमाइलोसँग बित्ने छ। यात्राको योग छ। परिवारसँग भेटघाट होला। दिन रमाइलो गरी बित्ने छ।

मीन राशी – धन खर्च भएपनि मन प्रफुल्ल रहने छ। दिन राम्रो छ। काममा मन जाने छ। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।