रचना रिमाल र शिशिर भण्डारीको पहिलो गीत यस्तो बन्दै छ (भिडियो हेर्नुस)

हाम्रो सन्देश संवाददाता

काठमाडाैं ।

नेपाल आईडल सिजन ३ मा निकै नै रुचाईएकी एक प्रतिस्पर्धी हुन्, रचना रिमाल । मात्र १६ बर्षकी रचनाको आवाज यति मिठो छ कि, उनको आवाज सुनेर जो कोहि मोहित हुन्छन् । नेपाल आईडल को यो सिजनमा उनको लोकप्रियता निकै नै रह्यो । लगातार ३ एपिसोडमा सबैभन्दा बढि भोट पाएकी रचना सबैलाई दुखी बनाउँदै आईडलबाट बाहिरिईन् । तर उनलाई बाहिर निस्किएपछि गीत गाउनको आफरको ओईरो छ ।

यसैबिच रचनाले शिशिर भण्डारीको शव्द तथा सँगीतमा फोटो फिरिममा बोलको गीत गाएकी छिन् । बियोगान्त गीतमा प्रेम बिछोडका कथा भनिएको छ । शिशिरले रचनाको आवाजको आफु फ्यान भएको र दर्शकहरुले पनि उनलाई नै गायिकाको रुपमा गीतमा लिन अनुरोध गरेपछि रचनालाई लिएको बताए । रचनाले गीत रेकडिँग सकाएपछि शिशिरले अन्तर्वार्तामै यति धेरै पारिश्रमिक पनि दिए । यो गीत चाँडै नै युटुब मार्फत दर्शकहरु माँझ आउँदैछ ।

भिडियो हेर्नुस

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।