सुन आज एकैदिन तोलामा २ हजारले घट्यो

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,४ चैत्र ।

नेपाली बजारमा आज मंगलबार सुनको मूल्य तोलामा २ हजारले घटेको छ ।

हिजो सोमवार प्रतितोला छापावाला सुनको मूल्य ७७ हजार ५ सय रहेको थियो । आज मूल्यमा २ हजारको गिरावट आउँदा प्रतितोला छापावाला सुन ७५ हजार ५ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य ७५ हजार २ सय रहेको छ ।

साथै आज चाँदीको मूल्य पनि तोलामा एकैपटक ८० रुपैयाँले गिरावट आएको छ । सोमवार प्रतितोला चाँदीको मूल्य ७ सय ९० रहेको थियो । भने आज मूल्य कमि आइ प्रतितोला चाँदी ७ सय १० कायम भइ कारोवार भइरहेको पनि महासंघले जनाएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।