लगातार घट्यो सुनको मूल्य, आज यस्तो छ नयाँ दरभाउ

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,४ चैत्र ।

आज सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । सुनको भाउ आज तोलामा १५ सय रुपैयाँले घटेर प्रतितोला ७७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार पनि सुन प्रति तोलमा ३ हजार रुपैयाँले घटेर ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुन पनि तोलामा १५ सय रुपैयाँले घटेर प्रतितोला ७६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासँघले जनाएको छ ।

आज चाँदीको भाउ पनि घटेको छ । आइतबार चाँदी प्रति तोलामा ३० रुपैयाँले घटेर प्रति तोला ७ सय ९० रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर शुक्रबार चाँदी प्रति तोलामा ४० रुपैयाँले घटेर ८२० रुपैयाँमा कारोबार भएको थियो ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।