मलेसियामा एकैदिन १ सय ९० जनामा कोरोना

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,३ चैत्र ।

नेपाली युवाहरुको बाक्लो उपस्थिति रहेको खाडी मुलुक मलेसियामा आईतबार १ सय ९० जनामा कोरोनाको संक्रमण भेटिएको छ । यसमा धेरै संक्रमण मस्जिदमा भएको धार्मिक कार्यक्रममा फैलिएका बताईएको छ । यो नयाँ केस सहित मलेसियामा संक्रमण संख्या ४ सय २८ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले सबै मस्जिदमा आएका मानिस र उनीहरुसँग सम्बन्धित मानिसहरुलाई १८ दिन क्वारेण्टाईनमा राख्ने बताएको छ ।

मलेसियन स्वास्थ्य अधिकारीहरुले फेब्रुअरी २७ तारिखको दिन भएको उक्त धार्मिक कार्यक्रममा १६ हजार मानिस सहभागी भएको जनाएको छ । यसमा १४ हजार ५ सय जना मलेसियन रहेको बताईएको छ । एजेन्सी

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।