आजै पनि घट्यो सुनको मूल्य, तोलाको कति?

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,३ चैत्र ।

गत शुक्रबार एकैदिन तोलामा ३ हजार रुपैयाँ घटेको सुनको भाउ आज पनि घटेको छ । शुक्रबार ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आजपनि तोलामा १ हजार ५ सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँ कायम भएको छ। शुक्रबार एकैदिनमा प्रतितोला ३ हजार रुपैयाँले घटेको थियो।

बुधबारदेखि निरन्तर ओरालो लागेकाे सुनको मूल्यमा शुक्रबार एकैदिन प्रतितोला ३ हजार रुपैयाँ घटेको थियाे।

शुक्रबार छापावाल सुनको ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार छापावाल सुनको मूल्य ८१ हजार ५ सय रुपैयाँ कायम भएको थियो। त्यस्तै तेजावी सुनको मूल्य शुत्रबार ७८ हजार २ सय रुपैयाँ कायम भएको थियो। आइतबार तेजावी सुनको मूल्य ७६ हजार ७ सय रुपैयाँ तोकिएको छ।

चाँदीको शुक्रबार ८ सय २० रुपैयाँमा कारोबार भएकोमा आइतबार प्रतितोला ३० रुपैयाँले घटेर ७ सय ९० रुपैयाँ तोकिएको छ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।