डाक्टर र नेवारसँग बिहे गर्दिन भन्ने आँचलले डाक्टर र नेवारसँगै विहे गर्नुकाे रहस्य

हाम्रो सन्देश संवाददाता

काठमाडौँ :

नायिका आँचल शर्मा र नायक पल शाहलाई नाई नभन्नु ल, शत्रुगते, जोनी जेन्टलमेनमा, दाल भात तरकारीमा एकै साथ पर्दामा देखेका धेरै दर्शकले वास्तविक जीवनमा पनि एकैसाथ देख्न खोजेको चर्चा लामो समय चल्यो । उनीहरुले कैर्यौँ अन्तरवार्ता एकसाथ दिँदा उनीहरु प्रेममा रहेको आभाष गर्थे दर्शकले तर एकाएक आँचलले आँफु पलसँग प्रेममा नरहेको प्रमाणित गर्दै पेशाले चिकित्सक रहेका प्रेमी उदिपसँग प्रेम विबाह गरिन् ।

बैबाहिक बन्धनमा बाँधिएकी आँचलले कुनै समय नेवार र डाक्टरसँग बिहे गर्दिन भनेर अडान लिएका समाचारहरु पनि अहिले मिडियामा भाइरल बनिरहेका छन् । धनी परिवारका उदिपसँग आँचलले भविष्य सुरक्षीत बनाउनकाे लागि नै साे बिहे गरेकाे हुन सक्ने धेरैले अाकलन गरेका छन् । विबाह पछि आँचल पनि अन्य नायिकाहरु जसरी एकाएक यो क्षेत्रबाट टाठीने हुन् वा यसै क्षेत्रमा रहन्छिन् त्यो भने समय नै देखाउला ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।